Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई पठाउन देव गुरुङको माग

एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई  पठाउन देव गुरुङको माग

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन माग गरेका छन् ।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । गृह मन्त्रालयमार्फत यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा माओवादी प्रमुख गुरुङले यो पत्र तत्काल पठाइनुपर्ने बताए ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए । १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x