Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से १६.६० अंकले घट्यो

नेप्से १६.६० अंकले घट्यो

काठमाडौं, २३ असार । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १६.६० अंकले घटेर २०२७.३२ अंकमा पुगेको छ ।


बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ८० करोड ६२ लाख ०४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ३.४२ अंकले घटेर ३८५.४९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ भने म्यूचल फण्डको कारोबार बढेको छ ।

म्यूचल फण्डको कारोबार ०.०९ अंकले बढेको छ र यस दिन सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार ११५.१७ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.१३ अंकले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x