Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

काठमाडौं उपत्यकाको सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

काठमाडौं, २३ असार । काठमाडौं उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको हो ।

संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ भनी थप गरिएको छ । यस्तै उपदफा २ मा उक्त प्रयोजनका लागि नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहने छन् भन्ने व्यवस्था राखिएको थियो ।

उक्त व्यवस्थाले प्रदेश प्रहरीको भूमिका खुम्च्याएको र संविधानको अनूसूचीविपरीत हुने भनी समितिका सदस्यहरूबाट संशोधन प्रस्ताव आएको थियो । गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे उपस्थित समितिको आजको बैठकले उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावको उक्त दफामा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति जुटेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन् । दफा २ मा अध्ययागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको उनले बताइन् ।

गृहमन्त्री खाणले उक्त संशोधन विधेयक गत जेठ २९ गते सदनमा दर्ता गगरेका थिए । अहिले राज्यव्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि छलफल जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x