रोकियो सिभिल र हिमालयन बैंकको मर्जर
काठमाडौं, २४ असार । हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार (आज) हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ ।
शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैंकले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो ।
स्रोतका अनुसार हिमालयन बैंकका सञ्चालकहरूले सिभिल बैंकलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएकोे बताइएको छ ।
हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो । हिमालयन बैंकले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडेको थियो ।