नेप्से परिसूचक ५९.५४ अंकले उकालो
काठमाडौं, २९ असार । यस साताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ अंकमा पुगेको छ ।
बुधबार २२५ कम्पनीको ५७ लाख ८७ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १२.४२ अंकले बढेर ३८१.३७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.३७ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै जीवन बीमा समूहका कम्पनीको कारोबार १७०.३४ अंकले बढेको छ ।