सुनको प्रतितोलाको १ हजारले घट्यो
काठमाडौं, ५ साउन । यस साताको पाँचौं कारोबार दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
बुधबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला १ हजारले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ ।
यस्तै बुधबार छापावाला सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेर प्रतितोला ९३ हजार र चाँदीको घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।