एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश
काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘बैंकले यस २५ वर्षको यात्रामा आफ्नो शेयरधनी महानुभावहरुको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष ०५६÷०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनी महानुभावको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजार मुल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न हामी सफल भएका छौं,’ बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८÷७९ मा मात्रै रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन हामी सफल भएका छौं ।’