Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

एसियाली आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने पाठ

एसियाली आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने पाठ

– समीर खतिवडा
विगत ५० वर्षमा विकासशील एसियाको महत्वपूर्ण विशेषता भनेको यसको उत्पादन संरचना कृषिबाट सेवामा रूपान्तरण भएको छ र यसप्रकारको रूपान्तरणका लागि क्षमताको विकास पनि भएको छ । सन् १९६० सम्म धेरैजसो एसियाली अर्थतन्त्र निर्वाहमुखी कृषि प्रणालीको प्रभुत्वमा थिए र ६० प्रतिशत एसियाली श्रम शक्ति कृषिमा निर्भर थियो । आज एसियाले धेरै खालका उत्कृष्ट औद्योगिक उत्पादनको निर्यात गर्छ र कृषिमा आधारित रोजगार ४० प्रतिशतभन्दा कम छ । यद्यपि यहाँका देशहरूबीच ठूलो भिन्नता छ ।

जब श्रमशक्ति न्यून–उत्पादकत्वमा आधारित गतिविधिहरूबाट उच्च–उत्पादकत्व भएका क्षेत्रमा प्रवेश गरे, त्यसले आर्थिक वृद्धिदर हासिल भयो । यस्तो आर्थिक वृद्धिलाई प्रविधिको उन्नयन, आधुनिक क्षेत्रमा नयाँ जन्मेका आर्थिक गतिविधिहरूको विस्तार, आय बढेसँगै आम मानिसहरूको बदलिँदो आवश्यकता र चाहना तथा सांगठनिक कार्यदक्षता अभिवृद्धि लगायतले मुखरित गरेको हो । संरचनागत परिवर्तनले सहरीकरणलाई सहजीकरण ग¥यो । त्यसैले कालान्तरमा संरचनागत रूपान्तरण ग¥यो । यो सबै हुनुमा संस्थागत सुधार र अग्रसरतापूर्वक अवलम्बन गरिएका नीतिगत व्यवस्थाहरू थिए ।

विकासशील एसियामा कृषिमा संरचनागत रूपान्तरणको प्रक्रिया सन् १९५० र सन् १९६० को दशकमा सुरु भएको थियो । यो मूलभूत रूपमा मेजी युगमा जापानको विकासको अनुभवबाट निर्देशित थियो । हरित क्रान्ति, भूमि सुधार, ग्रामीण पूर्वाधार र ग्रामीण शिक्षामा लगानीले कृषि उत्पादकत्वमा उल्लेख्य सुधार आयो । त्यसले कृषि क्षेत्रको व्यापारमा सामान्य गिरावट देखियो र त्यसले संरचनागत रूपान्तरणलाई सशक्त बनायो । कृषिको अधिक उत्पादनले प्राप्त स्रोतलाई कृषिबाट औद्योगिकीकरणका लागि हस्तान्तरण गर्न मद्दत ग¥यो । कृषि र ग्रामीण अर्थतन्त्र निरन्तर परिवर्तन हुन थाल्लो, खेतीको उत्पादन क्रमशः उच्च मूल्यका बालीनाली, पशुपालन हुँदै कृषि मूल्य श्रृंखला तथा ग्रामीण औद्योगिकीकरणतर्फ अघि बढ्यो । यो सबै आयस्तर वृद्धिसँगै मागको ढाँचामा भएको परिवर्तन तथा ग्रामीण क्षेत्रमै कृषि श्रमिकहरूलाई खपत गर्ने चुनौतीको प्रतिक्रियास्वरूप भएका थिए ।

कृषिमा रूपान्तरण
अर्थतन्त्रमा बृहद् रूपान्तरणभित्र एउटै क्षेत्रभित्र पनि संरचनागत परिवर्तनहरू भएका छन् । खासगरी सबैभन्दा गतिशील एसियाली अर्थतन्त्रहरूमा कृषिमा परम्परागत खेती प्रणाली (प्रविधिको प्रयोगमार्फत पुराना बालीहरूको उत्पादन बढाउने)मा रूपान्तरणकारी परिवर्तन देख्न सकिन्छ । उच्च मूल्यका उत्पादन, अतिरिक्त कृषि व्यवसायको विकास, ग्रामीण औद्योगिकीकरण र खेतीलाई कृषि व्यवसाय सञ्जाल तथा विश्वव्यापी मूल्य श्रृंख्लामा आबद्ध गरिएको छ । समग्रमा एसियाली देशहरूमा कृषिको सफल विकासका प्रमुख संवाहकहरूमा प्रविधि प्रयोग÷अनुकूलन, उत्पादन विविधीकरण, गैर–खेती अर्थतन्त्र, कृषिका लागि अनुकूल नीतिहरूको प्रचलन र ग्रामीण पूर्वाधारमा सार्वजनिक लगानी रहेका छन् ।

प्रविधिको उपयोग ः सन् १९६० को दशकदेखि प्रविधिको विकास र उपयोगले परम्परागत बालीहरूको उत्पादनमा उल्लेख्य सुधार भयो । हरित क्रान्ति, जसमा धान र गहुँका नयाँ जातहरू पहिचान गराउने, सिँचाइमा लगानी बढाउने लगायतका कार्यलाई कृषि सामग्रीमा अनुदान लगायत अनुकूल नीतिगत व्यवस्थाले प्रविधि प्रयोगमा प्रोत्साहन गरेको छ ।

उच्च मूल्यका उत्पादनहरूको विविधीकरण ः परम्परागत बालीहरू (उदाहरणका लागि अन्नबाली)को उत्पादन वृद्धि महत्वपूर्ण भए पनि पर्याप्त थिएन र कृषिमा निरन्तरको वृद्धि यसै क्षेत्रभित्रको संरचनात्मक परिवर्तनबाट मात्र हासिल भएको थियो । पशुपंक्षीजन्य उत्पादन र उच्च मूल्यका उत्पादन (ती उत्पादन परम्परागत बालीहरूको तुलनामा अझै श्रम–सघन थिए)ले एसियामा कृषिको द्रुत विकासमा सहयोग पु¥याएका थिए । यी प्रवृत्तिहरूको पछाडि विश्वव्यापी व्यापारमा वृद्धि अर्को प्रमुख संवाहक रहेको थियो ।

नीतिगत भूमिका ः कृषिमा मोही–मालिक र जमिनको स्वामित्व समाधानका लागि भूमिसुधार लागू गरियो । यद्यपि भूमिसुधार केही देशहरूमा सीमित मात्र सफल भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना, प्रशोधन र बजारीकरणका लागि प्राविधिक सहयोग तथा उच्च मूल्यका बालीहरूका लागि किसानलाई सहयोग जस्ता नीतिहरू अवलम्बन गरिए । कृषिमा आधारित व्यापार र प्रत्यक्ष वैदेशिक लगानीले साना किसानहरूलाई पनि विश्वव्यापी मूल्य श्रृंखलामा आबद्ध हुन मद्दत ग¥यो ।

कृषि व्यवसायतर्फको उद्विकास÷संक्रमण ः कृषि उत्पादनको संरचनामा परिवर्तनले कृषिभित्र फराकिलो विविधीकरण देखाप¥यो– ‘कृषि व्यवसायतर्फको उद्विकास÷संक्रमण’ । यसमा कृषि सामग्री प्रान गर्नेदेखि कृषि प्रशोधन, आपूर्ति कम्पनीहरू र खुद्रा व्यवसायी सबै सहभागी भए । त्यसकारण एसियामा कृषिको रूपान्तरणले समानान्तर रूपमा उद्योग र सेवा क्षेत्रको विकासमा मद्दत पु¥यायो ।
ग्रामीण विकास र औद्योगिकीकरण ः त्यस्तै ग्रामीण इलाकामा सहयोगी पूर्वाधारको समानान्तर विकासले रोजगारीका नयाँ अवसर र कृषकहरूको आर्थिक गतिशीलता स्थापित ग¥यो ।

म्यानुफ्याक्चरिङ ः आर्थिक वृद्धिको इन्जिन
दह्रो अठोटले २०औं शताब्दीमा ‘औद्योगिक’ र ‘उच्च आय’ पर्यायवाची जसरी प्रयोग भए । विकासशील एसियाको तीव्र आर्थिक विकासका पछाडि यहाँका अर्थतन्त्रहरूले म्यानुफ्याक्चरिङ क्षेत्रमा केही तात्विक विशेषताहरू भएका कारण यो कृषि र सेवाभन्दा भिन्न छ भनेर बुझे । उल्लेख्य रूपमा भन्नुपर्दा यो क्षेत्रका गतिविधिमा उत्पादकत्व वृद्धिको उच्च क्षमता रहेको छ । यसमा केही बाह्य कारकहरू र उत्पादन बढाएर प्रतिफल बढाउन सकिने आधार रहेको छ । विकास, निष्क्रियता र आर्थिक विस्तारबारे बुझ्न यी केही विचारहरू हुन् ।

निर्यातमा आधारित वृद्धिका सन्दर्भमा म्यानुफ्याक्चरिङ एसियाको विकासको प्रमुख पक्ष भएको छ । एसियाली कम्पनीहरूले सिंगो विश्वलाई तिनीहरूको बजारका रूपमा देखेका छन् । एसियाको विकासको सम्बन्धमा चर्चा गर्नुपर्दा म्यानुफ्याक्चरिङ र निर्यात सँगसँगै आउँछन् । दोस्रो विश्वयुद्धपछि पूर्वी एसियाली देशहरू ठूलो परिवर्तनबाट गुज्रिँदा उत्पादन र निर्यातको संरचनामा आमूल परिवर्तन भयो । सन् १९६० र सन् १९७० को दशकमा यो प्रक्रियाले तीव्रता पायो । विशेषगरी कुल गार्हस्थ्य उत्पादनमा म्यानुफ्याक्चरिङको हिस्सा (सेयर) वृद्धि भयो, कुल रोजगारीमा पनि म्यानुफ्याक्चरिङको रोजगारी उल्लेख्य वृद्धि भयो । जापानबाट सुरु भएर पूर्वी एसियाली अर्थतन्त्रहरू, दक्षिणपूर्वी एसिया तथा जनवादी गणतन्त्र चीन लगायतका अर्थतन्त्रले ठूलो आर्थिक रूपान्तरणको अनुभव ग¥यो । कामदारले ग्रामीण इलाका (प्राथमिक कृषि) छोडेर सहरमा प्रवेश गरे, सँगसँगै उत्पादनमूलक उद्योगको उत्पादन पनि उल्लेख्य वृद्धि भयो ।

गरिब अर्थतन्त्रहरू धनी अर्थतन्त्र भन्दा छिटो विस्तार हुने क्रम (क्याचिङ–अप मोडेल) परिपक्व भएसँगै अन्तर–उद्योग व्यापार सम्बन्ध आन्तरिक उद्योगकै व्यापार सम्बन्धमा रूपान्तरण भयो । यसले एसियामा मजबुत क्षेत्रीय उत्पादन सञ्जाल र विश्वव्यापी मूल्य श्रृंखला स्थापना ग¥यो । पछिल्लो बहस भने औद्योगिकीकरणलाई कसरी पन्छाउन÷छल्न सकिन्छ कि भन्ने पनि छ ।

एसियाको म्यानुफ्याक्चरिङका दुई अरू विशेषताहरू नोट गर्न लायक छन् । पहिलो, धेरै एसियाली देशहरूमा म्यानुफ्याक्चरिङको कुल गार्हस्थ्य उत्पादनमा हिस्सा उच्च थियो, तर रोजगारी भने (केही अर्थतन्त्रलाई अवाद मान्ने हो भने) निकै कम थियो । रोजगारीकै संख्याको चर्चा गर्ने हो आज विकसित देशमा भन्दा दशकौंअघि रोजगारी कम थियो । जापान र नयाँ औद्योगिकीकरण भएका देशहरूले भने नवप्रवेशीहरूलाई श्रमशक्तिमा समावेश गर्न रोजगारी सिर्जनामा जोड दिएका थिए । फलस्वरूप, धेरै नवप्रवेशीहरू न्यून उत्पादकत्व भएका सेवामूलक क्रियाकलापमा आधारित श्रम बजारमा खपत भए ।
दोस्रो, केही एसियाली अर्थतन्त्रमा म्यानुफ्याक्चरिङको स्तरोन्नति त भयो । तर यो त्यति प्रगाढ भएन । धेरै उच्च–प्रविधिमा आधारित उपक्षेत्रहरूतर्फ पनि अघि बढेन । उच्च–प्रविधिमा आधारित उपक्षेत्रहरूको उत्पादन वृद्धि सन् १९७० को दशमा पूर्वी एसियाली देशहरूबाट देखिएको छ । तर एसियामा भने अत्यन्त कम वृद्धि भएको छ । भारत र श्रीलंकामा त अझै गिरावट आएको छ । यहाँ पाँच अर्थतन्त्रहरू– हङकङ चीन, जापान, कोरिया, सिंगापुर र ताइपेइ चीन प्रगाढ संरचनात्मक रूपान्तरणबाट आधुनिक औद्योगिक र सेवामूलक अर्थतन्त्रमा रूपान्तरण भएका हुन् । इण्डोनेसिया, मलेसिया, थाइल्याण्ड तथा चीनले उल्लेख्य प्रगति हासिल गरेका छन् । तर तिनीहरूको रूपान्तरण जापान र अन्य नयाँ औद्योगिक अर्थतन्त्रहरूसँग मेल खाँदैन । अरू थुप्रै एसियाली अर्थतन्त्रहरू धेरै पछाडि छन् । एउटा स्वागतयोग्य सन्देश, धेरै एसियाली देशहरू (भारत, चीन, इण्डोनेसिया, फिलिपिन्स)ले औद्योगिकीकरणलाई तीव्रता दिन चाहनुले म्यानुफ्याक्चरिङको विकासको सान्दर्भिकता स्पष्ट पारेको छ ।

एसियाको सेवा क्षेत्र विकासका प्रमुख संवाहक
सेवा क्षेत्रको विकास पनि संरचनात्मक परिवर्तनको प्रमुख पक्ष हो । उत्पादन र रोजगारीका हिसाबले पनि सेवा क्षेत्रको भूमिका बढ्दो क्रममा छ । सन् १९८० को दशकमा औसत ४४ प्रतिशत हिस्साबाट अहिले विकासशील एसियाको कुल उत्पादनको आधा हिस्सा सेवा क्षेत्रबाट प्राप्त हुन्छ । यसका अतिरिक्त, कजाकस्तान, मलेसिया, माल्दिभ्स, फिलिपिन्स र अन्य नयाँ औद्योगिक अर्थतन्त्रहरूमा बढी रोजगारी सेवा क्षेत्रबाट प्राप्त भएको छ ।

एसियाको सेवा क्षेत्रको क्रान्तिका प्रमुख संवाहकहरूमा सहरीकरण, सूचना प्रविधि तथा ई–कमर्श विकास, विश्वव्यापीकरण (को परिणामस्वरूप विकास भएको बिजनेश प्रोसेस आउटसोर्सिङ) रहेका छन् । राष्ट्रहरूको विकाससँगै सहरीकरण र कुल गार्हस्थ्य उत्पादन प्रतिव्यक्ति आय सँगसँगै अगाडि बढे । यसले उपभोग गर्ने समूह निर्माण ग¥यो र मागलाई बढोत्तरी गरायो । उच्च र दिगो आर्थिक वृद्धिमा सहरी म्यानुफ्याक्चरिङ र सेवा क्षेत्रले नेतृत्व लिइएको पाइएको छ । कृषि उत्पादकत्वमा वृद्धिले पनि श्रमिकहरूलाई सहरतर्फ प्रवेश गर्ने स्वतन्त्रता प्रदान गरेको देखिन्छ । परिणास्वरूप यसले अन्य पूरक सेवाहरूको माग वृद्धि ग¥यो । प्रविधिको उपयोग र बढ्दो कनेक्टिभिटीले ई–कमर्शलाई विस्तार गरेको छ । सहरीकरण, विश्वव्यापीकरण र आधुनिक औद्योगिक र सेवा सम्बन्धी क्रियाकलापको मिलनले व्यावसायिक सेवा क्षेत्रको वृद्धिलाई अघि बढाएको छ । अन्ततः सेवा क्षेत्रले अन्य सबै क्षेत्रमा र खासगरी उत्पादनका लागि आवश्यक महत्वपूर्ण योगदान पु¥याएको छ ।

यस क्षेत्रमा श्रमिकको उत्पादकत्व न्यून रहेको छ । धेरै एसियाली अर्थतन्त्रहरूको सेवाको उत्पादकत्व ओईसीडी (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट) राष्ट्रहरूको १० प्रतिशतभन्दा कम छ । केही देशहरू, जस्तै हङकङ, चीन सन् १९९० र सिंगापुर सन् २००० मा ओईसीडीको तहमा पुगिसकेका छन् । बाँकीका लागि भने ओईसीडी देशहरूको अहिलेको सेवाको उत्पादत्वको तहको पाँचमध्ये एक भागमा पुग्न पनि १५ देखि ३० वर्ष लाग्न सक्छ । सेवाको उत्पादकत्व कम हुनुमा परम्परागत गतिविधिहरू, जस्तै खुद्रा र थोक व्यापार, होटल तथा रेष्टुराँ, रियलइस्टेट, यातायात, व्यक्तिगत सेवाहरू, सार्वजनिक प्रशासन आदिको प्रभुत्व रहनु मुख्य कारण हो । सेवा क्षेत्रमा ब्याकवार्ड र फरवार्ड लिंकेज (अग्रगामी र पश्चगामी सम्बन्ध)हरूको सवाल पनि रहँदै आएको छ । सेवा क्षेत्रका अरू खास विशेषताहरूमा यसको व्यापक विषमता (कम उत्पादकत्व भर्सेस उच्च उत्पादकत्व रहेका उपक्षेत्रहरू), उत्पादन मापनमा कठिनाइ र अधिक नियमन हुने प्रकृतिका रहेका छन् ।

प्रविधि उपयोग र नवप्रवर्तन
प्रविधिको प्रगति दीर्घकालीन आर्थिक वृद्धिका लागि आधार हो । विश्वभरका आर्थिक रूपान्तरणका अनुभवले कुनै पनि देशको विकास तीनवटा चरणमा अघि बढ्छ । पहिलो, पुँजी सञ्चयमा आधारित आर्थिक विस्तार, दोस्रो, अनुकरणमा आधारित प्राविधिक (उपयोग÷अनुकूलन) उन्नयनमा आधारित आर्थिक वृद्धि र तेस्रो, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि । एसियाको वास्तविकता पनि यही हो । यो प्रक्रिया पूरा गर्ने जापान पहिलो देश हो भने यसलाई अन्य चार नयाँ औद्योगक राष्ट्रहरू कोरिया, सिंगापुर, ताइपेइ चीन र हङकङ चीनले पछ्याएका छन् । अरू धेरैजसो एसियाली देशहरू दोस्रो वा तेस्रो चरणमा रहेका छन् । नवप्रवर्तनमा आधारिक आर्थिक वृद्धितर्फ अघि बढ्न धेरै हदसम्म प्रयासरत छन् । उदाहरणका लागि जनवादी गणतन्त्र चीनलाई लिन सकिन्छ ।

यी चरणहरूबाट अघि बढ्ने सम्भावना र वेग वा गति उपयुक्त÷सान्दर्भिक बजार तथा प्रविधिको विकासलाई प्रभाव पार्ने संस्थागत र नीतिगत संवाहकहरूमा निर्भर गर्दछ । तेस्रो चरणमा पुगेका अर्थतन्त्रहरू यसका सहायक नीतिहरू, शिक्षा, अनुसन्धान र विकास, प्रत्यक्ष वैदेशिक लगानी तथा आबद्ध प्रविधि र राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन प्रणालीहरूको प्रवद्र्धनबाट लाभ प्राप्त गरेका छन् ।

मानव पुँजी र जनसांख्यिकी
धेरै तरिकाले आर्थिक विकास मानवस्रोत र मानवपुँजी एकठ्ठा गर्ने प्रक्रिया हो । देशको सम्भावित आर्थिक वृद्धि भनेको श्रमशक्तिको वृद्धि (परिमाण) र त्यस श्रमबाट प्राप्त उत्पादकत्व (गुणस्तर)को योगफल हो । श्रम शक्तिको वृद्धि जनसांख्यिकीबाट निर्देशित हुन्छ भने श्रम उत्पादकत्व वृद्धि मानव पुँजी र त्यसमा पनि खासगरी शिक्षा र स्वास्थ्यमा लगानीबाट निर्धारित हुन्छ । धेरै एसियाली देशहरूमा समृद्धि र जनसंख्याको वृद्धि साथसाथै अघि बढेको देखिन्छ । आर्थिक प्रगतिले राम्रो सार्वजनिक स्वास्थ्य सुविधा, शिक्षा, मृत्युदरमा कमी तथा औसत आयु वृद्धि, महिला श्रमिकहरूको सहभागितामा वृद्धि जस्ता कारणले जीवनस्तरमा सुधार ल्याएको छ । अन्ततः यो सबैले आर्थिक वृद्धिमै मद्दत पु¥याएको छ । अनुकूल जनसांख्यिकीले चीन, इण्डानेसिया, कोरिया, मलेसिया, थाइल्याण्ड र भियतनाममा सन् १९८१ देखि सन् २०१० को बीचमा वार्षिक औसत १ प्रतिशतभन्दा बढी प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान पु¥याएको आँकलन गरिएको छ । यद्यपि, सबै एसियाली देशहरू यसमा उत्तिकै सफल छैनन् ।
शिक्षा र स्वाथ्य मानवपुँजीका महत्वपूर्ण तत्वहरू हुन् । जनसंख्याको गुणस्तर निर्धारण र श्रम शक्ति उत्पादकत्वका मुख्य निर्धारक पनि यिनीहरू नै हुन् । विगत ५० वर्षमा विकासशील एसियाको मानव पुँजी स्वास्थ्य र शिक्षामा प्राप्त उपलब्धिले श्रमशक्तिको प्रतिफलमा पनि ठूलो सुधार ल्याएको छ । सन् १९६० र सन् २०१० को बीचमा, यस क्षेत्रको विद्यालयमा रहने अवधि २ वर्षबाट ७.२ वर्षले वृद्धि भएको छ । औसत आयु ४९ वर्षबाट ७० वर्ष पुगेको छ । त्यस्तै शिशु मृृत्युदर प्रतिहजारमा १२७ रहेकोमा ३२ मा झरेको छ । कम तौल भएका ५ वर्ष मुनिका बालबालिका सन् १९८० को दशमा ३८ प्रतिशत रहेकोमा सन् २०१० मा २४.९ प्रतिशत रहेको छ । यी उपलब्धिहरू आय बढेका वा जीवनस्तर माथि गएका, राम्रो तलब÷ज्याला प्राप्तिले मानव पुँजीमा लगानी वृद्धिका कारणले मात्र प्राप्त भएका होइनन् । त्यस सँगसँगै खास नीतिगत व्यवस्थाहरू, जस्तै– व्यापक खोप कार्यक्रमहरू, सुरक्षित पिउने पानी र सरसफाइमा पहुँच, निरक्षरता उन्मूलन गर्ने अभियान, अनिवार्य शिक्षा कार्यक्रम र शिक्षा तथा स्वास्थ्यमा सार्वजनिक लगानी वृद्धिका कारण प्राप्त भएका हुन् । एसियाले शिक्षा र स्वास्थ्यमा लैंगिक असमानता समेत हटाएर उल्लेख्य प्रगति गरेको छ ।

अगाडिका वर्षहरूमा यस क्षेत्रले ठूलो जनसांख्यिक परिवर्तनको सामना गर्ने सम्भावना देखिन्छ । जबकि केही देशहरूमा जनसंख्या जवान छन्, केही देशहरूको जनसंख्या बुढ्यौलीतिर प्रवेश गर्दै छन् । कम अनुकूल जनसांख्यिकी वा सक्रिय जनसंख्या कम रहेका देशहरूमा वृद्ध उमेरमा आयको सहायता र आर्थिक वृद्धिको दिगोपना जस्ता दुईओटा चुनौती कायम रहन्छन् । पहिलो चुनौतीलाई सम्बोधन गर्न, एसियाले आफ्नो निवृत्तिभरणसम्बन्धी व्यवस्था तथा वृद्धवृद्धाको हेरचाह लगायतमा सुधार ल्याउनुपर्छ । एसिया द्रुत गतिमा बुढ्यौली समाजतर्फ प्रवेश गर्ने क्रममा रहेकाले तीव्र आर्थिक विकासले वृद्धवृद्धाका लागि स्रोतको उपलब्धता त हुन्छ । तर आर्थिक वृद्धिको दिगोपना अझ महत्वपूर्ण रहेको छ । यस सन्दर्भमा श्रम शक्तिको उत्पादकत्व (गुणस्तर) सुधार गर्नु महत्वपूर्ण हुन्छ र बढी उत्पादक श्रम शक्तिले श्रमशक्तिको कमी (परिमाण÷संख्या) र अन्ततः श्रम शक्तिको संकुचनलाई परिपूर्ति गर्न सक्छन् । त्यसकारण, सक्रिय उमेरको जनसंख्या धेरै भएका र बुढ्यौली उमेरका जनसंख्या धेरै भएका दुवै थरी देशहरूले मानवपुँजीमा लगानीलाई मुख्य प्राथमिकतामा राख्नु एसियाको आवश्यकता हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x