नेप्से ५.८७ अंकले ओरालो
काठमाडौं, ६ साउन । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७७ अंकमा पुगेको छ ।
बिहीबार २२५ कम्पनीको ३९ लाख ८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ०.८६ अंकले घटेर ३९१.६४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.२२ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार घटेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ । यस दिन सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार १५०.३४ अंकले घटेको छ ।