Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डब्लुएपीपीपीका प्रतिनिधिद्वारा प्रधानमन्त्रीसँग भेटघाट

डब्लुएपीपीपीका  प्रतिनिधिद्वारा प्रधानमन्त्रीसँग भेटघाट


काठमाडौं, ६ साउन । वर्ल्ड एसोशिएसन अफ पब्लिक प्राइभेट पार्टनरशिपस् यूनिट एण्ड प्रोफेशनल्स (डब्लुएपीपीपी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।


डब्लुएपीपीपी का अध्यक्ष जियाद अलेक्जेन्डर हायेक सहित तीन जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगको भेटमा सार्वजनिकनिजी साझेदारी (केएलकेएलकेएल) मार्फत् पूर्वाधार तथा अन्य व्यवसायिक सम्भाव्यता भएका परियोजनाहरू कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने भन्दै यसले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार हुने उल्लेख गरेको थियो ।


पीपीपी तथा लगानी सम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत् नेपालले सार्वजनिक(निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंशा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पीपीपी अन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो ।


पीपीपी आकर्षक भएपनि आफैमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष( वित्तीय, कानुनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्य लगायतको कुशल तादम्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पीपीपीका क्षेत्रमा काम गर्ने संस्थाको सोही अनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्लुएपीपीपीको सदस्य भएकाले सहयोगका लागि सधै तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको थियो ।


उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यवसायिक क्षमता विकासमा डब्लुएपीपीपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक /निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पीपीपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताएका थिए । श्री भट्टले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि रु. १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पीपीपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजना अनुसार सन् २०२५/२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराएका थिए ।


उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपीपीपी को विज्ञताको लाभ लिन इच्छुक रहेको बताए । उनले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x