रा.वा. बैंक कर्मचारी संघ नेपालको ३३ औ वार्षिकोत्सव कार्यक्रम
काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३३ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३३ औं वार्षिकोत्सव मूल कार्यक्र्रमको समुद्घाटन गरेका छन् ।
सो अवसरमा महासचिव पोखरेलले ट्रेड यूनियनहरुले कर्मचारीहरुको हक हित र कार्यरत संस्थालाई सबल बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा का.वा.अध्यक्ष जोशीले कर्मचारीहरुको तर्फबाट जायज ढङ्गले राखिएका मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे बताएका थिए ।
कार्यक्रममा पेसागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।
कार्यक्रममा दैविक/प्राकृतिक प्रकोपबाट पिडितहरुलाई सहायता गर्नकालागि राविया नेपाल रिलीफ फण्ड आभियान सार्वजनिक गरिएको थियो । रावा बैंकको केन्द्रीय कार्यालय परिसरमा का.वा.अध्यक्ष जोशीले संघको झण्डोत्तलन र वृक्षारोपण गरेका थिए ।
साथै सो अवसरमा संघका उपमहासचिव लक्ष्मी ज्ञवालीको संयोजकत्वमा बैंक कर्मचारीहरु बीच भएको म्युजिकल चेयर खेल प्रतियोगिता संचालन गरिएको थियो । सो खेलमा प्रथम गंगा भुर्तेल, द्धितीय प्रतिष्ठा बराल र तृतीय दुर्गा कंडेल हुनुभएको थियो । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरुमा समेत वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । यसैबीच साउन ४ गते वर्षिकोत्सव अवसरमा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
साथै प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपकार्यकारी अधिकृत विमल डंगोललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा १२१ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए । कर्मचारी संघमा आवद्ध निवृत २७ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरेको थियो । सथै बनेपा–५ स्थित घोकेचौर उद्यानलाई रु ११,१११।– रुपैंया आर्थिक सहयोग गरिएको छ ।