गरिमा विकास बैंकको ‘सिराईचुली होटल’ र ‘नारायणी सामुदायिक अस्पताल’ सँग सेवा छुट सम्झौता
काठमाडौं, १० साउन । गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्र अनुसार यस बैंकको डेबिट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुे ग्राहकहरुले ‘सिराईचुली होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशत सम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुुट पाउने भएका छन् । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।