Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

महेन्द्रनगर, ११ साउन । नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो ।

महाकाली सन्धि अनुसार भारतले नेपाललाई दोधारा–चाँदनीमा सिचाइका लागि ३५० क्युसेक पानी नहरमार्फत उपलब्ध गराउनुपर्ने थियो । यसका लागि भारतले शारदा नहरबाट नेपाल सीमासम्म एक हजार एक सय मिटर नहर निर्माण गर्नुपर्ने छ । तर भारतले निर्माण गर्ने नहरको अझै टुङ्गो छैन । नेपालले यसैवर्षदेखि आफ्नोतर्फ नहर निर्माण गर्ने भएको छ ।

महाकाली पारीको दोधारा–चाँदनीमा सिँचाइ सुविधाका लागि भारतले शारदा बैराज ९नहर०बाट सन्धिअनुसार पानी उपलब्ध गराउनुपर्ने छ । सन्धि भएको २७ वर्ष वित्दा समेत भारतले शारदा नहरबाट दोधारा चाँदनीलाई सिँचाइका लागि पानी उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । नेपाल–भारत सीमासम्म भारतले एक हजार १०० मिटर मूल नहरसँगै अन्य संरचना समेत निर्माण गर्नुपर्ने हुन्छ ।

डेढ दशकअघिदेखि ब्रह्मदेव क्षेत्रबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर निर्माण थाले पनि आयोजनाले पनि दोधारा चाँदनीतर्फ मूल नहर बनाउनुपर्ने विषय प्राथमिकतामा राख्न सकेको थिएन । पछिल्लो समय सिँचाइ आयोजना आफ्नो भूमिमा मूल नहर निर्माण गर्न अग्रसर भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनियर शम्भु पण्डितले दोधारा चाँदनीमा चालु आर्थिक वर्षमा नै नहर निर्माण गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x