नेप्से परिसूचक १२.९२ अंकले बढ्यो
काठमाडौं, १३ साउन । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार बढेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ अंकमा पुगेको छ ।
शुक्रबार २१५ कम्पनीको ५१ लाख १० हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब १९ करोड १३ लाख ९५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ३.८६ अंकले बढेर ४०९.९८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १० समूहका कम्पनीको कारोबार बढेको छ भने ३ समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै विकास बैंकका समूहका कम्पनीको कारोबार १८१.१२ अंकले कारोबार बढेको छ ।