२८औं कार्गो डे को अवसरमा व्यापार सहजीकरणमा लजिष्टिक्स क्षेत्रको भूमिका बारे छलफल
काठमाडौं, १३ साउन । नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन कार्गोले २८औं कार्गो डे को अवसरमा नेपालसरकार अन्तर्गतका मन्त्रालयहरु, विभागहरु, एयरलाईन्सहरु, सिपिङ्गलाईन्सहरु तथा राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवालाहरु संग समन्वय गरि अन्र्तराष्ट्रिय व्यापार सहजीकरणमा लजिष्टिक्स क्षेत्रको भूमिका बारे छलफल गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूूको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सञ्चालन रेहेको थियो । कार्यक्रममा शुभकामना दिदै मन्त्री बडूले भने कार्गोले कोभिडको समयमा र अन्य समयमा निकासी र आपूर्ति व्यवस्थामा सहजीकरण गर्न अग्रपंतिमा रहेर काम गरेको कुरा प्रशंसनीय रहेको छ। नीजि उद्योगहरुको लागि मन्त्रालयको आवश्यक सहयोग र सम्वन्वय गर्ने उनले बताए ।
यस्तै नेपाल उद्योग महासंघका अध्यक्ष शेखर गोल्छाले सो कार्यक्रममा बोल्दै भने नेपालबाट पछिल्लो समय विजुली, सिमेन्ट, फलाम र्नियात भइरहेको छ यसले बजारलाई उकास्न केहि सहज गराउने छ । विश्व बजारमा तेलको भाउ घटिरहेकोले नेपाली बजार र व्यवसायलाई यसले सहज बनाउने उनले बताए । करिब ६ महिनामा २३० प्रतिशतले नेपाली श्रमिकहरु विदेशिएका छन् यो राम्रो होइन तर हाम्रो अर्थतन्त्रका लागि रेमिटेन्सले टेवा पु¥याउने हुँदा उद्योगलाई समेत लगानीमा सहयोग पुग्ने उनले बताए । तर मौद्रिक नीतिले भने नीजि व्यवसायलाई असर गर्ने र आर्थिक तरलता झनै बढ्दै जाने तर्क उनले राखे ।
कार्यक्रममा नेफा वार्षिक अवार्ड २०२१ बाट विभिन्न व्यक्तित्व तथा संस्थाहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरलाईन्सहरुलाई एनइएफएफए अवार्डबाट सम्मान गरिएको थियो ।
नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन कार्गो व्यवसायीहरुको गैर नाफा मुलक सेवा प्रदायक संघ रहेको र यस संघका सदस्य कम्पनीहरु नेपाली वस्तु निर्यात तथा तेस्रो मुलुकबाट आयात हुने बस्तुको लोजिस्टिक सर्भीस प्रोभाइडरको कार्यमा संलग्न रहेको छ । संघले प्रत्येक वर्ष २९ जुलाईको दिनलाई कार्गो दिवसको रुपमा मनाउने गरेको छ ।