नेप्से ५४.५८ अंकले बढ्यो, ४ अर्ब ६० करोड बढीको कारोबार
काठमाडौं, १५ साउन । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढी हो ।
आइतबार २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ९.७२ अंकले बढेर ४१९.२० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ९.७२ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार बढेको छ भने एउटा फाइनान्स समूहका कम्पनीको कारोेबार घटेको छ । आज सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार ४१२.८९ अंकले बढेर १०३३९.४० बिन्दुमा पुगेको छ ।