Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुँदै

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुँदै

काठमाडौं, १५ साउन । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

शर्मालाई आजै शपथ ग्रहण गराउने तयारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजिनामा दिएका थिए । तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x