नेप्सेमा भयो २ कम्पनीहरुको हकप्रद शेयर सुचिकृत
काठमाडौं, ४ जेठ । नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीहरुको २ करोड २१ लाख ८३ हजार ४.७४ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । हकप्रद शेयर सुचिकृत हुने कम्पनीहरुमा प्रभु बैंक लिमिटेड र पोखरा फाइनान्स रहेको छ । यी दुवै कम्पनीहरुको हकप्रद शेयर नेप्सेमा आज सुचिकृत भएका हुन् ।
प्रभु बैंक लिमिटेडको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् । यस्तै पोखरा फाइनान्सको ९ लाख ८३ हजार ९८३.७४ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।