एनआईसी बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग
काठमाडौं, १८ साउन । एनआईसी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
यसका लागी इच्छुकले बैंकको वेबसाइट वा दिएको क्यूआर स्क्यान गरी आगामी भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकका अनुसार प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको बताएको छ ।