राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उप-महानगरपालिकामा
काठमाडौं, १८ साउन । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बंैक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको शुभारम्भ गरिएको छ ।
एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप-महानगरपालिका का प्रमुख खेलराज पाण्डेले गरेका थिए । उप-महानगरपालिका का प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायिक कारोबार समेतको माग रहेको बताएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताएका थिए ।
शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने छ ।
बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तब्य तथा उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।