हिमालयन र सिभिल बैंकले पायो मर्जरका लागि सैद्धान्तिक सहमति
काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो।
गत बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकलाई मर्जरको लागि सैद्धान्तिक सहमति दिएको हो। साथै अन्य थप ६ वटा बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि स्वीकृति दिएको हो।
राष्ट्र बैंकका अनुसार सीबाईसी लघुवित्त र आँधीखोला लघुवित्त, मिर्मिरे र बुद्धज्योती लघुवित्त संस्थालाई पनि मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो।
राष्ट्र बैंकमा हालसम्म १२ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिको पाइपलाइनमा छन्। जसमध्ये १० वटालाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने २ वटा वाणिज्य बैंकले सैद्धान्तिक स्वीकृति पाउन बाँकी छ।