Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा बादे श्रेष्ठ पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा बादे श्रेष्ठ पुनः नियुक्त

काठमाडौं, २४ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको असार ७ गतेको १२०आँै बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ साउन २३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् ।

श्रेष्ठ २७ वर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन् । बिमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x