Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

१९.७ प्रतिशतले बढ्यो कृषितर्फको कर्जा

१९.७ प्रतिशतले बढ्यो कृषितर्फको कर्जा

काठमाडौं, २ भदौ । गत आर्थिक वर्ष २०७८÷७९ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

सोही अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकका अनुसार २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घरजग्गाको
धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x