Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एक वर्षमा ९७ खर्ब २ अर्ब तरलता प्रवाह

एक वर्षमा ९७ खर्ब २ अर्ब तरलता प्रवाह

काठमाडौं, २ भदौ । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत रू. ९७ खर्ब २ भन्दा बढी तरलता प्रवाह गरेको छ । सो अवधिमा रिपोमार्फत रू.४७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत रू. ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत रू. ९१७० अर्ब ११ करोड गरी कुल ९७०२ अर्ब ४१ करोड तरलता प्रवाह गरिएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू)बाट अमेरिकी डलर २ अर्ब ९१ करोड खुद खरिद गरी रू. ३५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ६० करोड खरिद गरी रु।४२५ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ९२ करोड विक्री गरी रू. ५९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ५४ करोड लगायत अन्य विदेशी मुद्रा विक्री गरी रू. ५३५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

समीक्षा वर्षमा रिभर्स रिपोमार्फत रू. २८ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत रू. ३१ अर्ब ६५ करोड गरी कुल रू. ६० अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x