बुद्ध एयर र यति एयरको टिकट खरिदमा एनएमबि बैंकका ग्राहकलाई छुट

काठमाडौं, २ भदौ । एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यति एयरको एपमार्फत टिकट खरिद गर्दा क्याशब्याक पाउने भएका छन् । यी एयरलाइन्स कम्पनीको मोबाइल एप र वेबसाइटबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याक पाइने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड प्रयोग गर्दा अधिकतम ३५० रुपैयाँ र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गरेमा अधिकतम ५०० रुपैयाँ रकम फिर्ता पाउनेछन् ।
यो सुविधाका लागि ग्राहकले आफ्नो एनएमबि कार्डमा ई-कर्मस एक्टिभ गराउनुपर्ने बैंकले बताएको छ ।