१११ अर्ब ९६ करोड सहुलियतपूर्ण पुनर्कर्जा लगानीमा
काठमाडौं, ३ भदौ । गत आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा १ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ सहुलियतपूर्ण पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा १ लाख ४७ हजार ३९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रू. २१३ अर्ब ८९ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ५४५ ऋणीलाई प्रवाह भएको रू. १३९ अर्ब २३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार १ महिला उद्यमीलाई प्रवाह भएको रू. ७१ अर्ब कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८४७ ऋणीको रु।३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ असार मसान्तसम्ममा रु।९७ करोड ४० लाख स्वीकृत भएको छ ।