Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एक वर्षमा ३१ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार

एक वर्षमा ३१ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार

काठमाडौं, ३ भदौ । गत आर्थिक वर्ष २०७८÷७९ मा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त कम्पनीहरूको गरी ३१ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंककको पछिल्लो विवरण अनुसार सो अवधिमा वाणिज्य बैंकहरुको रू. २७ खर्ब ८४ अर्ब १० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को रू. ३ खर्ब १६ अर्ब २५ करोड गरी कुल रू. ३१ खर्ब ३५ करोडको अन्तर–बैंक कारोबार भएको हो ।
अघिल्लो वर्षमा वाणिज्य बैंकहरुको रू. १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्थाहरुको रू. २ खर्ब १३ अर्ब ६२ करोड गरी कुल रू. १९ खर्ब ९६ अर्ब ५८ करोड अन्तर बैंक कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x