Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु : मन्त्री कार्की

काठमाडौं, ५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताएका छन् ।


सुनसरीको वराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न गएका उनले यस्तो बताएका हुन्।

मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएको क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समाधानका लागि योजना बनाउन लागिपरेको समेत बताएका छन् । सप्तकोसी नदीबाट बर्सेनि स्थानीयवासीले विभिन्न किसिमको समस्या भोग्दै आएकाले त्यसलाई अब दीर्घकालिनरुपमा समाधान गर्न सरकारले योजना बनाएर अघि बढ्ने उनले जानकारी गराए ।


बर्सेनि वर्षाको समयमा सप्तकोसी नदीले समस्या गर्नुका साथै कटानसमेत गर्ने गरेको र त्यसबाट सयौँको सङख्याका स्थानीयवासी पीडित हुँदै आएकाले तत्कालीन र दीर्घकालिनरुपमा योजना बनाएर समाधान गर्न वर्तमान सरकार लागिपरेको मन्त्री कार्कीले उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x