Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

पिपुल्स पावरको आइपिओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावरको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, ५ भदौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन ग्एको साउन ३१ गते देखि शुरु भई आज भदौ ५ गते बैंकिङ्ग समय सम्म आवेदकहरुले शेयरमा आवेदन दिन सक्ने बताइएको छ ।


मेरो शेयर मार्फत अथवा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन् । स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

पिपुल्स पावरले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भईसकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने यहि भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x