नेप्से ७.७२ अंकले ओरालो, २ अर्ब ४ करोड बढीको कारोबार
काठमाडौं, ५ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.७६ अंकले घटेर २०६०.५५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले बढी हो ।
आइतबार २१८ कम्पनीको ५३ लाख ३९ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १.४९ अंकले घटेर ३९८.५८ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ४ समूहका कम्पनीको कारोबार बढेको छ भने ४ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार घटेको छ । कारोबार बढ्ने समूह तर्फ भने होटल तथा टुरिजम क्षेत्रको बढेको छ ।