Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

१२.९ प्रतिशतले घट्यो आयात

१२.९ प्रतिशतले घट्यो आयात

काठमाडौं, ८ भदौ । चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलवार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कुल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

यस्तै, सोही महिनामा कुल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा रु एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले रू. एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।

गत वर्षको साउनमा नेपालले रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *