नेप्से परिसूचक २.८७ अंकले उकालो
काठमाडौं, ८ भदौ । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २.८७ अंकले बढेर २०५७.८५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशतले बढी हो ।
बुधबार २२३ कम्पनीको २६ लाख ७८ हजार ७ सय ५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ०.६० अंकले बढेर ३९८.२९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ७ समूहका कम्पनीको कारोबार बढेको छ भने ६ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा समूहका कम्पनीको कारोबार ६३.१३ अंकले बढेको छ ।