Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नीति तथा कार्यक्रममा सरकारका नयाँ योजनाहरु

नीति तथा कार्यक्रममा सरकारका नयाँ योजनाहरु

काठमाडौं,जेठ ८ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई केन्द्रमा राखी आफ्नो नीति तथा कार्यक्रममा दर्जन बढी नयाँ कार्यक्रम समावेश गरेको छ ।

‘समृद्धि अब नेपालका लागि मृगतृष्णा हुन सक्दैन विकास मार्फत यसको प्राप्ती हुने उल्लेख गर्दै नीति तथा कार्यक्रममा प्रगतिशील र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । रोजगार सामाजीक शुरक्षा लगायतको विषयमा केहीनयाँ कार्यक्रमहरु थप भएका छन् । प्राथमिकता निर्धारण नभएको भन्दै नीति तथा कार्यक्रमलाइ सकारात्म तर महत्वकांक्षी रुपमा विपक्षी दल नेपाली कांग्रेसले टिंपणी गरेको छ ।

शक्तिशाली मानिएको दुईतिहाइ बढीको समर्थन प्राप्त कम्युनिस्ट सरकारले ल्याएको नीति तथा कार्यक्रम यसअघि तत्कालीन मनोमोहन अधिकारीको सरकारले प्राथामिकतामा राखेका कार्यक्रम  समेत समावेश भएका छन । आज भन्दा  २४ बर्ष अघि पनि कृषी र उर्जा प्रथामिकतामा राखिएको थियो भने सार्वजनिक नीतिकार्यक्रमले तिनै विषयहरुलाइ जोड दिएको छ ।

मनमोहन नेतृत्व सरकारको पालामा पनि अर्थतन्त्रको दिगो विकासका लागि उद्योग, व्यापार पर्यटन तथा वित्तीय क्षेत्रको प्रवर्द्धन गर्ने नीति सार्वजनिक गरिएको थियो। अहिले पनि उत्पादनुमुखी अर्थतन्त्रको लागि  यी क्षेत्रलाइ विकासको संवाहकको रुपमा  कार्यक्रम अघि बढाइने नीति ल्याइएको छ ।

अधिकारीको नीति तथाका कार्यक्रम सडक सञ्जाल विसारमा बढी केन्द्रित रहेको थियो भने ओली सरकारले रेलमार्ग र जलयातायातसहित सडक सञ्‍जाल विस्तारलाई प्राथमिकतामा राखेको छ। सामान्यतया २४ वर्ष अघि अधिकारीले अबलम्वन गरेका धेरै नीतिलाई अहिलेको सरकारले पनि प्राथिमकिता दिएको छ भने त्यो समयमा विस्तार गरिएका सामाजिक सुरक्षा भत्तालगायतका कामलाई फरक मोडेलबाट अघि बढाइने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा आत्मनिर्भर हुने गरी चिनी उद्योगको विकास, सिमेन्ट उद्योगलाई निर्यातमूलक उद्योगका रुपमा विकास गर्ने रणनीति लिएको छ ।

निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा सामेल र प्रोत्साहन गर्ने, लगानीकर्तालार्ई एकै थलोबाट सहज सेवा उपलब्ध गराउने, लगानी प्रोत्साहन गर्न कानुनी संस्थागत र प्रक्रियागत सुधार गरी व्यवसाय गर्न लागत घटाउने लक्ष्य नीति तथा कार्यक्रममा समावेश छ ।पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने, आम नागरिकलाई डिजिटल माध्यमबाट सरकारी सेवा प्राप्त गर्नसक्ने व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।

यस्तै ‘नागरिक अधिकार’ मोबाइल एप्स प्रयोगमा ल्याउने, सबै प्रकारका सेवामा नेपाल गुणस्तर कायम गर्न मानक तयार गर्ने, पाँच वर्षभित्र कृषिमा आश्रित करिब दुई तिहाई जनसंख्याको ठूलो हिस्सा गैरकृषि क्षेत्रमा परिचालन हुने अवसर प्रदान गर्ने लक्ष्य प्रस्तुत नीति तथा कार्यक्रमको छ ।

यस्तै सरकारले एक हजार २०० किलोमिटर लामो भित्री मधेस र तराई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई प्रमुख प्राथमिकताका साथ निर्माण गर्ने भएको छ ।सरकारले विद्यालय छाडेका विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्काउने, बाली लगाउनुपूर्व नै धान, गुहँ र उखुको समर्थन मूल्य तोक्ने नीति पहिलो पटक अख्तियार गरिएको छ ।

यसैगरी सरकारले हरेक नेपाली नागरिकलाई अनिवार्य रुपमा बैंक खाता खोल्ने व्यवस्था गर्ने विषयलाई समेत नीति तथा कार्यक्रममा स्थान दिएको छ । यसै गरी स्वास्थ्य विमा कार्यक्रम पनि नीति कार्यक्रम समेटीएको छ ।  योजना बन्ने तर समयमै सम्पन्न नहुने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता गर्दै अनुगमनको पनि अनुगमान गरिने सरकारको नीति कार्यक्रममा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x