५३ लाख ७५ हजार नाघ्यो डिम्याट खाता संख्या
काठमाडौं, १४ भदौ । पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गर्दा यसका लागि अनिवार्य मानिएको डिम्याट खाता संख्या समेत उल्लेख्य बढेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज शुक्रवारसम्मको तथ्यांक अनुसार हाल डिम्याट खाता संख्या ५३ लाख ७५ हजार ३५९ पुगेको छ ।
सोही अवधिमा मेरो शेयर लिने लगानीकर्ता भने ४४ लाख ६८ हजार ६३० पुगेका छन् । यस्तै सी–आस्बा सेवा दिने बैंकको संख्या ५५ पुगेको छ ।