Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाको ६६ प्रतिशत कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाको ६६ प्रतिशत कर्जा घरजग्गा धितोमा

काठमाडौं, १५ भदौ । गत आर्थिक वर्षमा २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कुल कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा गएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जाको हिस्सा ६६.१ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात १२.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x