जीवन बीमातर्फ २६ प्रतिशतले बढ्यो दाबी भुक्तानी
काठमाडौं, १५ भदौ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले गरेको बीमा दाबी भुक्तानी रकम २६ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा जीवन बीमातर्फ ४४ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा यस्तो दाबी भुक्तानी ३३ अर्ब रुपैयाँ थियो ।
समितिको तथ्यांक अनुसार निर्जीवन बीमातर्फ भने अघिल्लो आर्थिक वर्षको तुलनामा दाबी भुक्तानी रकम करिब १ अर्बभन्दा धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा १७ अर्ब ४९ करोड रुपैयाँ दाबी भुक्तानी भएकोमा गत आर्थिक वर्ष २०७८–७९ मा १८ अर्ब ८२ करोड दाबी भुक्तानी भएको छ ।