नेप्से परिसूचक १.०८ अंकले ओरालो
काठमाडौं, १६ भदौ । यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशतले बढी हो ।
बिहीबार २२५ कम्पनीको ३९ लाख ५५ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ०.६६ अंकले घटेर ३८३.९३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ७ समूहका कम्पनीको कारोबार बढेको छ भने ६ समूहका कम्पनीको कारोबार ओरालो लागेको छ ।