Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (जागरूक धरती) बिच सम्झौता हुने

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (जागरूक धरती) बिच सम्झौता हुने

काठमाडौं, १६ भदौ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (जागरूक धरती) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा हुने भएको छ ।

माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशनका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । सो अभियानको उद्देश्य माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्नु रहेको बताइएको छ ।

अभियानको एउटा हिस्साको रूपमा, माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा शुरु गर्नुभएको थियो । यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आइयूसिएन, संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यूएनसिसिडी, डब्ल्यूएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएको बताइएको छ ।

सोहीअन्तर्गत, गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गईरहेको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे सम्बोधन गर्नुहुने छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका मन्त्रीहरू तथा ५ हजार भन्दा बढी मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x