Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ बैंकको २२ लाख ५० हजार सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना

मुक्तिनाथ बैंकको २२ लाख ५० हजार सम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना

काठमाडौं, १६ भदौ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउने बैंकले बताएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्ने छन् र जति अवधिको मुद्धती खाता खोल्ने हो त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्ने बैंकले बताएको छ । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x