Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्वाचन आयोगद्वारा अर्थमन्त्रालयलाई चुनाव घोषणपछिका रकमानान्तरको विवरण पेस गर्न निर्देशन

निर्वाचन आयोगद्वारा अर्थमन्त्रालयलाई  चुनाव घोषणपछिका रकमानान्तरको विवरण पेस गर्न निर्देशन

काठमाडौं,७ असोज ।  अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x