देशको आर्थिक अवस्था सुधार उन्मुख हुँदै गएको अर्थमन्त्री शर्माको दाबी
काठमाडौं, ७ असोज । अर्थमन्त्री जनार्दन शर्माले केहि राजनैतिक दलका नेताहरुले देशको अवस्था श्रीलंका हुँदै छ भनेर ब्यापक भ्रम पैदा गर्न खोजेपनि अवस्था त्यस्तो नभएको बताएका छन् । मन्त्री शर्माले देशको आर्थिक अवस्था सुधारउन्मुख हुँदै गएको दाबी गरेका छन् ।
बिमा समितीको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशका आर्थिक अवस्था केहि बिग्रेको भएपनि सरकारले ल्याएको स्पष्ट मौद्रिक नितीका कारण अर्थतन्त्र सुधार हुँदै आएको बताएका छन् । उनले सरकारले मात्रै गर्दा अर्थतन्त्र सुधार नहुने हुँदा यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मन्त्री शर्माले उत्पादन वृद्धि गर्दै नियात बढाउने र आयत घटाउने कुरामा ३ वटै तहका सरकार र सम्बद्ध संस्थाहरुले छिटो काम गरे राष्ट्रवाद र ढिलो काम गरे राष्ट्रघात हुने बताए । उनले नेपाल श्रीलंका हुने देश नरहेको जानकारी दिए ।
नेपाल प्राकृतिक स्रोत साधनले भरिपुर्ण भएका कारण कमजोर अवस्था नरहेको मन्त्री शर्माले जानकारी जानकारी दिए । उनले साधन र स्रोतको सहि सदुपयोग गरेका खण्डमा गरिबी अन्त्य हुने विश्वास ब्यक्त गरे । गरिबी अन्तेका लागि स्थानीय सरकारले महत्वपुर्ण काम गर्नु पर्नेमा जोड दिए ।