Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

राष्ट्रिय वाणिज्य बैंकको पिओएस क्युआर कारोबारमा क्यास ब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पिओएस क्युआर कारोबारमा क्यास ब्याक अफर

काठमाडौैं, ९ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेल (पिओएस) को माध्यमवाट प्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना आगामी असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय, ६ देखी १० पटकको कार्ड स्वीपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, यहि असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १ सय जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x