Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

रसुवा, ११ असोज । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो ।

आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् । उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकल इञ्जीनियर सन्तोष अधिकारीले जानकारी दिए ।

भोटेकोसी खोलाको बाँध तथा चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ एवं विद्युत्गृहसमेतका संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको हो । केही वर्ष अगाडि भएको इन्धन अभाव, समय–समयमा गइरहने वर्षायामको हिले तथा हिउँदयामको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असर, विसं २०७२ को भूकम्प असरले पहरा फेदको बाहिरी भागमा लामो समयसम्म हिँडडुल तथा काम गर्नसमेत जोखिम, भोटेकोसीमा गत वर्ष आएको बाढी, कोभिड सङ्क्रमण असरजस्ता विविध समस्याकै कारण विद्युत् उत्पादनमा ढिलाइ भएको बताइन्छ ।

रु. १३ अर्ब ६० करोडको लागतमा सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको हो । आयोजना निर्माणको समयावधि लम्बिन गएकाले महँगीको तुलनामा निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *