Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नबिल बैंकद्वारा शाखारहित बैंकिङ सेवाको सुरुवात

नबिल बैंकद्वारा शाखारहित बैंकिङ सेवाको सुरुवात

काठमाडौं, ११ असोज । नबिल बैंकले सुर्खेत जिल्ला, बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा एकैसाथ शाखारहित बैंकिङ सेवाका प्रतिनिधि मनोज कुमार थापालाई बिएलबि मेसिन र प्रमाण पत्र हस्तान्तरण गरेर शाखारहित बैंकिङ सेवाको सुरुवात गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले शाखारहित बैंकिङ सेवाको लागि धन्यवाद ज्ञापन गर्दै कुनै पनि क्षेत्रको विकासको लागि वित्तीय पहुँच मुख्य आधारशिला भएको र यसका लागि गाँउपालिका बैंकसँग हरदम हातेमालो गर्ने बताए । कार्यक्रममा बोल्दै नबिल बैंक वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले नबिल बैंकले बराहताल गाँउपालिकामा बैंकको पहिलो शाखारहित बैंकिङ सेवा सुरुवात गर्न पाउदा आफु अत्यन्त खुसी भएको बताए । नबिल बैंक देशको हरेक ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउन हरदम तत्पर रहेको जानकारी दिए ।

नबिल बैंकको शाखारहित बैंकिङ्ग सेवा मार्फत् खाता खोल्न अनुरोध गर्न, खातामा नगद जम्मा तथा भुक्तानी गर्न, रकमान्तर गर्न, ग्राहकको खातामा रहेको रकमको सोधपुछ साथै कारोबारको संक्षिप्त विवरण हेर्न, विप्रेषण भुक्तानी गर्न, कर्जा रकम भुक्तानी गर्न तथा किस्ता रकम जम्मा गर्न साथै विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *