Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, ११ असोज । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम असोज ०७ गते, शुक्रबार, शंखमुलसम्पन्न गरेको छ ।

कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।

सो कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउदै शेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x