Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन आर्ट फेस्टिभल बबरमहलमा

हिमालयन आर्ट फेस्टिभल बबरमहलमा

काठमाडौं, ११ असोज । नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा असोज १० गतेदेखि १४ गतेसम्म भइरहेको छ । कार्यक्रमको समुद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले पानसमा बत्ती बालेर गरेकी छन् । उनले यस्तो प्रदर्शनीले कला जगतमा थप उर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरु नै अगाडि आउनु पर्ने कुरा बताएकी छन् ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरु, कला पारखीहरु, कलाकारहरुको उपस्थिति रहेको थियो । नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरुसँग सम्वाद गर्ने, सांगीतिककार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरुलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उद्देश्य यस प्रदर्शनीको रहेको छ । साथै, वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ ।
यस कार्यक्रमको प्रमुख उदेश्य भनेको कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरुलाई अवगत गराउनु रहेको छ । साथै, नेपालको व्यापारिक कम्पनीहरु तथा लगानीकर्ताहरुले कला समेत गत लगानी गर्नका लागि यस प्रदर्शनीले प्रोत्साहन गर्ने उदेश्य समेत रहेको छ । नेपालीमा रहेका कला संकलकहरुले नेपाली कलाको अवस्था र कलाकारहरुको प्रगति समेत यस प्रदर्शनीबाट थाहा पाउन सकिने छ ।

हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ–आर्टस्ले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । इ–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताइन्, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । मानिसहरु दशैँका लागि पहिले पहिले लुगाहरु किन्ने गर्दथे भने घरको सजावटको लागि चित्रकलाहरु पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छाँै ।’

नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोलले बताइन् । पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो । करिब १३० भन्दा बढी कालकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरुले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x