हेलिएभरेष्टले थप्यो नयाँ हेलिकप्टर
काठमाडौं, १२ असोज । उच्च हिमाली क्षेत्रमा चार्टर्ड उडान, उद्धार उडान गर्दै आएको हेलिएभरेष्टले नयाँ हेलिकप्टर थपेको छ। पर्यटकीय सिजन सुरू भएसँगै कम्पनीले नयाँ हेलिकप्टर थपेको हो।
एयरबस बीथ्रीई मोडलको नयाँ हेलिकप्टरमा पाइलटसहित छ जनाको क्षमता रहेको हेलिएभरेष्टका सञ्चालक प्रनिश श्रेष्ठले जानकारी दिए।
यसअघि हेलिएभरेष्टसँग दुइवटा हेलिकप्टर सञ्चालनमा छन्। थपिएको हेलिकप्टरसँगै अब तीनवटा हेलिकप्टरले उडान गर्ने छन्।
श्रेष्ठकाअनुसार हाल पदयात्रा र पर्वतारोहरणका लागि जानेहरूले हेलिकप्टरको प्रयोग गर्ने गरेका छन्। यसकारण पनि अघिल्ला दुई वर्षको तुलनामा यसवर्ष सिजन सुरू भएसँगै हेलिकप्टरको माग बढेको उनको भनाइ छ।