Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बैंकको संदेशमूलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

नेपाल बैंकको संदेशमूलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक

काठमाडौं, १२ असोज । नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा संदेशमुलक दशैं भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्बहरुमा दिदिभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ । करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट संभव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ ।

सानो छंदाको दिदि भाईको माया स्नेह विवाहपश्चात् विस्तार कम हुंदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदिभाई तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने संदेश समेत भिडियोले दिएको छ । त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबद्र्वन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ । बैंकले आफ्नो आधिकारीक फेश बुक पेज र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको छ ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८६ एटिएम र ४९ वटा एक्टेन्सनकाउन्टर मार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x