नेप्से परिसूचक ६.४१ अंकले उकालो
काठमाडौं, १२ असोज । साताको चौंथो दिन शेयर कारोबार उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ४८ करोड ५४ लाख ८ हजार रुपैयाँको शेयर कारोबारमा १३ लाख ७० हजार ४ सय ७७ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये ९ समूहका कम्पनीको कारोबार बढेको छ भने ४ समूहका कम्पनीको कारोबार घटेको छ ।