Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

पिपुल्स पावरको शेयर स्टक एक्सचेन्जमा सूचीकृत

पिपुल्स पावरको शेयर स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौं, २७ असोज । खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको नेप्से सिम्बोल, पिपीएल प्रति शेयर रु. १००÷– अंकित मूल्य को ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सम्पन्न भएको छ ।

बिहीबार पिपुल्स पावर तथा नेपाल स्टक एक्सचेन्ज बीच सूचीकरण सम्झौता सम्पन्न भएको हो । पिपुल्स पावर लि.कोे प्राथमिक शेयर निष्काशन कार्य प्रभु क्यापिटल लि. मार्फत शेयर बिक्री खुल्ला भएको थियो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६ लाख ३२ हजार ६ सय कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता शेयरधनीहमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार ४ सय (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) शेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लि. लाई चयन गरेको छ । शेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लि. को धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, शेयर रोक्का लगायत शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने कार्यहरु गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *